
वैशाख ३०, दैलेख
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पद्मिनी थापाले देशभरिका शिक्षकलाई सरकारले सम्मान गर्न सकेमा मात्रै जीवनोपयोगी शिक्षा सँगै पेशाको मर्यादा कायम हुने बताएकी छन् ।
नेपाल शिक्षक संघ दैलेखको तिसौं स्थापना दिवसको उद्घाटन गर्दै थापाले पञ्चकोशी विद्याश्रमलाई संरक्षण गरे सँस्कृतिको जगेर्ना हुने बताइन । कार्यक्रमको अवसरमा पञ्चकोशी वेद विद्याश्रम नाभिस्थानमा अध्ययनरत बालबालिकाहरुलाई भिक्षादान तथा फलफूल वितरण गरिएको छ । कार्यक्रममा नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष पद्मिनी थापा, दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारी,नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्ण बहादुर थापा,उपाध्यक्ष्य अमृता वि.सी.,भक्त थापा लगायत समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्ण वहादुर थापाबाट २ हजार ५ सय नगद तथा फलफूल,नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष पद्मिनी थापाबाट नगद १ हजार, नेपाल शिक्षक संघ दैलेखका महिला उपाध्यक्ष अमृता वि.सी.बाट ७ लि.खानेतेल,उपाध्यक्ष भक्त थापाबाट ६ किलो दाल,५ किलो नुन,५ प्याकेट विस्कुट,सचिव देविराम आचार्यबाट नगद रु. ५ सय, जिल्ला कार्य समिती सह सचिव मणिराम न्यौपानेबाट २५ किलो चामल, मनसरा थापा मगरबाट ५ किलो चिनी,जिल्ला कार्यसमिती सदस्य ध्रुवनाथ योगीबाट नगद ५ सय ५,शिक्षक महासंघ जिल्ला अध्यक्ष करुणाकर शर्माबाट २५ किलो चामल,सह सचिव खगेन्द्र खत्रीबाट २.५लि.खानेतेल र ५ पाकेट जीरा, हिस्टुन दैलेख अध्यक्ष प्रकाशवलीबाट ५ किलो चिनी र १ प्याकेट चियापत्ती, नेपाल शिक्षक संघ नगर कार्य समिति उपाध्यक्ष टीका थापाबाट २५ किलो आलु, सह सचिव भक्त बहादुर थापा मगरबाट २५ किलो चामल, नेपाल शिक्षक संघ पूर्व केन्द्रीय सदस्य प्रभा सिजापतिबाट २५ किलो आलु नेपाल शिक्षक संघ पूर्व अध्यक्ष खेमराज के.सी.बाट २५ किलो चामल, पूर्व अध्यक्ष तथा वर्तमान नाराण नगरपालिका वडा नं. ७ वडाध्यक्ष पूर्ण मल्लबाट २५ किलो चामल, पूर्व उपाध्यक्ष शान्ता थापाबाट नगद ५ सय नेपाल दलित संघ केन्द्रीय सह सचिव दिपक सुनारबाट ५ सय नगद,सहयोग संकलन गरी विद्याश्रमका गुरु खगेन्द्र बजगाई तथा विद्यार्थीहरुलाई वितरण गरिएको छ ।
विद्यार्थीबाट स्वस्ती वाचन समेत गरिएको थियो । त्यस लगत्तै दिउसो जिल्ला समन्वय समितीको हलमा ३० औं स्थापना दिवसको अवसरमा दोस्रो स्मारिका विमोचन तथा शिक्षक सेवा आयोगबाट स्थायी हुनु भएका शिक्षकहरुलाई सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष पद्मिनी थापाको प्रमुख आतिथ्यमा भएको छ ।
कार्यक्रमका विशेष अतिथी नेपाली काँग्रेस जिल्ला पार्टी सभापति कृष्ण कुमार वि.सी,पूर्व राज्य मन्त्री गणेश बहादुर खड्का,कर्णाली प्रदेश सभासद हिम बहादुर शाही ,नेपाल शिक्षक संघ प्रदेश उपाध्यक्ष केशव बहादुर भण्डारी लगायत अतिथी ने.का पार्टी सचिव भुपेन्द्र शाही,टेक वहादुर कटुवाल,कोषाध्यक्ष पूर्ण चालिसे,पूर्व पार्टी सभापति जगतजंग थापा, क्षेत्रीय सभापति गणेश उपाध्याय, दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारी, नेपाल शिक्षक संगठन अध्यक्ष जिवराज तिमिल्सेना,नेपाल शिक्षक संघ संस्थापक अध्यक्ष खेमराज के.सी. ,नेपाली काँग्रेस महिला संघ जिल्ला सभापति सीता राना,पूर्व केन्द्रीय सदस्य ,प्रभा सिजापती,नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष गोविन्द थापा,नारायण क्याम्पस प्राध्यापक नरेन्द्र आचार्य लगायत विभिन्न संघ संस्थाबाट उपस्थित अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथीबाट हालै शिक्षक सेवा आयोगबाट स्थायी भएका शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।









